images
images

शेयर बजार राताम्मे, नेप्से र कारोबार रकम दुवै घट्यो


  • 1.1K
    SHARES
  • २०७८ आश्विन ११ गते सोमबार

    शेयर बजार राताम्मे, नेप्से र कारोबार रकम दुवै घट्यो

    काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक घटेको छ । 

    शेयर बजार ७३ अंकले घटेर २ हजार ६ सय ८५ दशमलव ४२ बिन्दुमा पुगेको हो ।
     
    बजारमा आज ५ अर्ब १२ करोड रुपैयाँ बराबरको १ करोड ४ लाख कित्ता शेयर कारोबार भएको छ । 

    १८५ वटा कम्पनीको कारोबार भएको बजारमा ३ वटा कम्पनीको शेयर मुल्य बढेको छ, १८२ वटा कम्पनीकोे शेयर मुल्य घटेको छ । 

    बैंक, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, माइक्रोफाइनान्स, बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी ट्रेडिङ होटल एण्ड टुरिज्म, म्युचुअल फण्ड, लाइफ इन्स्योरेन्स, इन्भेष्टमेन्ट लगायत सबै कम्पनीको शेयर मुल्य घटेको हो । 

    मनकामना स्मार्ट लघुवित्त, मैलुङ खोला जलविद्युत्त कम्पनी, गोर्खाज फाइनान्स, लक्ष्मी इक्विटी फण्ड को शेयर मुल्य बढेको छ भने गुडविल फइनान्स, नेपाल फाइनान्स, कालिका पावर कम्पनी, केन्द्रीय फाइनान्स आदि कम्पनीको शेयर मुल्य घटेको छ ।

    nepse.JPG 


    images
    images

    Logo