images
images

२४ खर्ब ३३ अर्ब नाघ्यो देशको सार्वजनिक ऋण, एकै वर्षमा थपियो एक खर्ब ३४ अर्ब


  • 450
    SHARES
  • २०८१ श्रावण ४ गते शुक्रबार

    २४ खर्ब ३३ अर्ब नाघ्यो देशको सार्वजनिक ऋण, एकै वर्षमा थपियो एक खर्ब ३४ अर्ब

    काठमाडौं । नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको गत आवको असार मसान्तसम्मको प्रतिवेदनअनुसार कुल सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब रुपैयाँ नाघेको हाे ।

    कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत आवको सुरुवातमा यस्तो ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ थियो । असार मसान्तसम्म आइपुग्दा एक खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँ थपिई कुल २४ खर्ब ३३ अर्ब पुगेको हो । जेठ महिनाको तुलनामा कुल सार्वजनिक ऋण ३२ अर्ब ८९ करोड थप भएको छ । 

    यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आधारमा ४२.६५ प्रतिशत हो । कार्यालयका अनुसार असार मसान्तसम्म आन्तरिकतर्फ ११ खर्ब ८० अर्ब ९० करोड (जीडीपीको २०.७० प्रतिशत) र बाह्यतर्फ १२ खर्ब ५२ अर्ब ३३ करोड (जीडीपीको २१.९५ प्रतिशत) रुपैयाँ ऋण रहेको छ ।  सरकारले गत आवमा कुल ४ खर्ब ५२ खर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो । जसमध्ये असार मसान्तसम्म जम्मा ३ खर्ब ५८ करोड ऋण प्राप्ति भएको छ । 

    वार्षिक लक्ष्यको तुलनामा कुल ऋण प्राप्ति ७९.०८ प्रतिशत, आन्तरिक ९७.६८ प्रतिशत तथा बाह्य ऋण प्राप्ति ५८.१० प्रतिशत रहेको कार्यालयको तथ्यांक छ । त्यसैगरी असार मसान्तसम्म सरकारले आन्तरिकतर्फ सावाँ-ब्याज गरी दुई खर्ब ५५ अर्ब ३९ करोड र बाह्यतर्फ ४९ अर्ब ९८ करोड रुपैयाँ गरी कुल ३ खर्ब ५ अर्ब ३७ करोड रुपैयाँ भुक्तानी गरेको कार्यालयले जनाएको छ । 


    images
    images

    Logo