images
images

४३९ मेगावाटको अर्धजलाशययुक्त बेतन कर्णाली निर्माण तयारी, अन्तिम अनुमति पर्खिँदै कम्पनी


  • 458
    SHARES
  • २०८० चैत्र २६ गते सोमबार

    ४३९ मेगावाटको अर्धजलाशययुक्त बेतन कर्णाली निर्माण तयारी, अन्तिम अनुमति पर्खिँदै कम्पनी

    काठमाडौं । कर्णाली नदिमा प्रस्तावित ४३९ मेगावाटको अर्धजलाशययुक्त बेतन कर्णाली निर्माण तयारीमा छ । बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण अघि बढाउन लागेको हो । कम्पनीले उत्पादन अनुमतिपत्र (जेनेरेसन लाइसेन्स) माग गर्दै आवेदन दिएको थियो । विद्युत् विकास विभागले अनुमतिपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ ।

    एनइए इन्जिनियरिङ कम्पनीले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अनुसार आयोजना निर्माण ८८ अर्ब रुपैयाा लगानीमा हुने अनुमान छ । अछामको तुर्माखाँद गाँउपालिका र ढकारी गाँउपालिका एंव सुर्खेतको पंचपुरी नगरपालिका र नौकुने गाँउपालिका भएर बन्ने कर्णाली नदीको पानी उपयोग गरि बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजना हो । 

    आयोजना निर्माणको लागि बेतन कर्णाली संचयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले विभागबाट अन्तिम अनुमतिको पर्खाइमा छ । विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै आयोजना निर्माण र सञ्चालन गर्दा कुनै प्रतिकुल असर पर्ने भए ३५ दिनभित्र लिखित राय/सुझाव पेस गर्न सरोकारवाला निकायहरुलाई अनुरोध गरेको छ ।

    ४३९ मेगावाट क्षमताको यस अर्थजलाशययुक्त आयोजनाले सुर्खेत जिल्लाको पंचपुरी नगरपालीकाको वडा नं. ५ र ७, चौकुने गाँउपालिकाको वडा नं. ४, ५ र ६ र अछाम जिल्लाको ढकारी गाउँपालिका को वडा नं. ५, ६, र ७ र तुर्माखाँद गाउँपालिकाको वडा नं. ३, ४, र ५ वडा प्रभाव पार्ने छ । कम्पनीले कर्णाली नदीमा बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजना प्रस्ताव गरेको हो । प्रस्तावित आयोजनाको कुल जडित क्षमता करिब ४३९ मेगावाट हो ।

    यसका लागि सुर्खेत जिल्लामा पर्ने चौकुने गाउँपालिका वडा नं. ६ र अछाम जिल्लामा पर्ने ढकारी गाउँपालिका वडा नं. ६ को सिमानामा बग्ने कर्णाली नदीमा करिब ९० मिटर अग्लो बाँध बनाईनेछ । सो बाँधका कारण कर्णाली नदीमा करिब ५.४२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको १६१६.९५ लाख घन मिटर क्षमताको जलाशय बन्नेछ । पानीको डिजाइन बहाव सुक्खा समयमा करिब ५३६ घन मिटर प्रति सेकेण्ड र बर्खा याममा करिब ५५१.३३ घन मिटर प्रति सेकेण्ड हुने गरी बार्षिक करिब २३६९.८८ गिगावाट घण्टा बराबरको उर्जा उत्पादन गर्ने गरि आयोजनाको डिजाईन गरिएको छ । बाँधस्थलबाट करिब २०१७.२६,२०११.१५ र २०१७.३९ मिटर लामो ३ वटा हेडरेस सुरुंग र करिब १५१.८ मिटर लामो ३ वटा पेनस्टक पाईप मार्फत पानीलाई ढकारी गाउँपालिका वडा नं. ६ मा बनाईने भूमिगत विद्युत गृहमा ६ वटा टर्वाईनमा खसालि विद्युत उत्पादन गरिनेछ ।

    विद्युत उत्पादन पश्चात निस्काने पानीलाई करिब २९६.९२ मिटर लामा ६ वटा टेलरेस सुरुंगहरु र ४९६.२७ मिटरको खुल्ला निकास नहर पुनः कर्णाली नदीमा नै छोडिनेछ ।आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाईमा सहवित्तियकरणको सहनेतृत्वमा सनराइज बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्रा) को लगानी र बाँकी २० अर्ब स्वपूजी लगानी रहनेछ । 

     

     


    images
    images

    Logo