images
images

धनगढी-दिपायल द्रुतमार्ग धमाधम कालोपत्र हुँदै, एक महिनाभित्रै काम सक्ने लक्ष्य


  • 357
    SHARES
  • २०८० चैत्र २२ गते बिहीबार

    धनगढी-दिपायल द्रुतमार्ग धमाधम कालोपत्र हुँदै, एक महिनाभित्रै काम सक्ने लक्ष्य

    गोदावरी  । धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्ग कालोपत्र गर्न थालिएको छ । सो सडकअन्तर्गत धनगढी–स्याउलेखण्डमा कालोपत्र गर्न थालिएको हो ।

    सडक निर्माणका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारले २५ करोड रुपैयाँ बजेट विनियोजन गरेपछि कालोपत्रको  काम पनि प्रारम्भ गरिएको सडक आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाले बताए । उक्त सडकखण्ड एक महिनाभित्रै कालोपत्र सम्पन्न हुने गरी धमाधम काम भइरहेको उनले जानकारी दिए ।

    धनगढी–स्याउले सडकखण्डको १३ दशमलव ४ र दिपायलको तिखा–मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्रका लागि २०७८ साल वैशाखमा सम्झौता भएको थियो । हाल डोटीको दिपायल तिखा–मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र भइरहेको छ । 

    आयोजनाअन्तर्गत कैलालीमा ८० प्रतिशत र डोटीमा ६५ प्रतिशत कालोपत्रको काम पूरा भएको छ ।  धनगढी–स्याउले सडक खण्डमा खड्का–कृष्ण–नारायण–बगलामुखी जेभीसँग २०७८ मा पिपलचौतारादेखि स्याउले महेन्द्र राजमार्गभन्दा तीन किलोमिटर अगाडि १३ दशमलव ४ किलोमिटरमा कालोपत्र गर्न भ्याटबाहेक १६ करोड ४० लाख रुपैयाँमा सम्झौता भएको इन्जिनियर रैखोलाले बताए । 


    images
    images

    Logo