images
images

फुकोट कर्णाली जलविद्युत् आयोजनाको मुआब्जा वितरण अन्तिम चरणमा


  • 504
    SHARES
  • २०८० चैत्र २० गते मंगलबार

    फुकोट कर्णाली जलविद्युत् आयोजनाको मुआब्जा वितरण अन्तिम चरणमा

    मान्म । कालिकोटमा निर्माण हुन लागेको ४ सय ८० मेगावाटको फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाबाट  प्रभावित क्षेत्रका स्थानीयले पाउने मुआब्जा रकम वितरण अन्तिम चरणमा पुगेको छ । 

    खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र पचाल झरना गाउँपालिकाका स्थानीयको घर, जग्गा र टहराको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको हो । 

    जलविद्युत् आयोजना निर्माण हुने सान्नी त्रिवेणी गाउँपालिकाको सिस्नेगडा ड्यामसाइडदेखि डुबान क्षेत्र पचाल झरना गाउँपालिकाको भुराबगरसम्मको १ हजार २० रोपनी जग्गाको मुआब्जा रकम वितरण गरिएको हो । 

    जिल्ला प्रशासनले सूचना प्रकाशन गरी अधिग्रहण गरेको जग्गाको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको फुकोट कर्णाली अर्धजलाशय जलविद्युत् आयोजनाका प्रमुख डम्बर उप्रेतीले बताए । “जिल्ला प्रशासन कार्यालयले विभिन्न चरणमा २०७६  सालदेखि जग्गाको लगतकट्टा गरेका जग्गाधनीलाई मुआब्जा वितरण गर्दै आएको छ ।” उनले भने, “अब जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको छ ।” 

    फुकोट कर्णाली जलविद्युत् आयोजनाकोे मुआब्जा रकम निर्धारण भएको ५५ करोड रुपैयाँमध्ये हालसम्म ५० करोड रुपैयाँ रकम वितरण भइसकेको प्रमुख उप्रेतीले बताए । “केही घरटहराको मुआब्जा दिन बाँकी छ, धेरैजसो वितरण भइसकेको छ, यो वर्ष विनियोजित रु १३ करोडमध्ये रु तीन करोड वितरण गरिसकेका छौँ ।”, प्रमुख उप्रेतीले भने, “अन्य ठाउँका लागि निवेदन सङ्कलन भइरहेको छ ।” 

    मुआब्जा वितरणको काम जिल्ला प्रशासनले तीन वर्षदेखि निरन्तर गरिरहेको सहायक प्रमुख जिल्ला सरोज अधिकारीले बताए । आयोजनाले सानी त्रिवेणी गाउँपालिका–३ सिस्नेगाडामा ५ सय २० मिटरको परीक्षण सुरुङ खनेर १ सय ६० मिटर अग्लो बाँध निर्माण गरी १३ दशमलव ५ किलोमिटर लामो सुरुङ निर्माण गर्नेछ ।


    images
    images

    Logo