images
images

भोजपुरमा १५ मेगावाट क्षमताको इर्खुवा खोला ‘क’ जलविद्युत् आयोजना निर्माण हुने


  • 502
    SHARES
  • २०८० चैत्र १९ गते सोमबार

    भोजपुरमा १५ मेगावाट क्षमताको इर्खुवा खोला ‘क’ जलविद्युत् आयोजना निर्माण हुने

    काठमाडौं । भोजपुरमा १५ मेगावाटको इर्खुवा खोला ‘क’ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । इष्टर्न इनर्जी प्रालिले साल्पासिलिछो गाउँपालिका–४ र ५ मा अवस्थित इर्खुवा खोला र सानु खोलाको पानीलाई उपयोग गरेर निर्माण गर्न लागिएको हो । यो नदी वहाबमा आधारित आयोजना हो ।

    आयोजना निर्माण र सञ्चालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित राय÷सुझाव पेस गर्न सरोकारवाला निकायहरुलाई अनुरोध गरिएको छ। आयोजनाको विस्तृत अध्ययन भइसकेको छ। निर्माण अघि बढाउन कम्पनीले विद्युत विकास विभाग समक्ष उत्पादन अनुमतिपत्र (जेनेरेसन लाइसेन्स) माग गर्दै आवेदन दिएको थियो । 


    आयोजनाका मुख्य संरचनहरु इर्खुवा खोलाको दायाँ किनारमा निर्माण हुनेछन । उत्पादित विद्युत् १३ किलोमिटर १३२ केभी सिंगल सर्किट प्रसारणलाइन निर्माण गरेर सितलपाटी सबस्टेसनमा जोडिनेछ । आयोजनाले वार्षिक सरदर ८७.१० गिगावावट वार्षिक सरदर उत्पादन गर्नेछ । निर्माण थालेको ३६ महिनामा पूरा गर्ने लक्ष्य छ ।


    images
    images

    Logo