काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो ।
बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी विल जारी बिल नवीकरणको लागि बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ भने बैंकले १८२ दिनको लागि ४ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुने भएको छ भने ३६४ दिनको लागि ९ अर्ब रुपैयाँ ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।
उक्त ट्रेजरी विल २८ दिनको बैशाख ४ गते परिपक्क हुनेछ भने १८२ दिनको असोज १ गते परिपक्क हुनेछ । त्यस्तै, ३६४ दिनको चैत ४ गते परिपक्क हुनेछ ।
यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।
एक वर्ष वा त्यसभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र ट्रेजरी बिल हो । ट्रेजरी बिल अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमका हुन्छन् ।



