images
images

निक्षेप संकलन उपकरणमार्फत थप ५० अर्ब रुपैयाँ बजारबाट तान्दै राष्ट्र बैंकले


  • 305
    SHARES
  • २०८० फाल्गुण २४ गते बिहीबार

    निक्षेप संकलन उपकरणमार्फत थप ५० अर्ब रुपैयाँ बजारबाट तान्दै राष्ट्र बैंकले

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट निक्षेप संकलन उपकरणमार्फत थप ५० अर्ब रुपैयाँ बजारबाट तान्दै भएको छ । आज बिहीबार फागुन २४ गते उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । 

    राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ५० अर्ब रुपैयाँ तान्ने भएको हो ।

    इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रिय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।

    साँवा र ब्याज भुक्तानी मिति चैत ८ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।


    images
    images

    Logo