images
images

१३ अर्ब ४ करोड रुपैयाँ ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक


  • 277
    SHARES
  • २०८० फाल्गुण २० गते आइतबार

    १३ अर्ब ४ करोड रुपैयाँ ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १३ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो । 

    बैंकले ९१ दिनको लागि ६ अर्ब ४ करोड ५ लाख रुपैयाँको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ भने १८२ दिनको लागि ७ अर्ब रुपैयाँ ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । 

    उक्त ट्रेजरी विल ९१ दिनको जेठ २२ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको भदौ १८ गते परिपक्क हुनेछ  । 

    यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।

    एक वर्ष वा त्यसभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र ट्रेजरी बिल हो । ट्रेजरी बिल अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमका हुन्छन् ।

     


    images
    images

    Logo