images
images

फागुन २४ गतेदेखि एकीकृत कारोबार गर्दै दुई लघुवित्त


  • 348
    SHARES
  • २०८० फाल्गुण १० गते बिहीबार

    फागुन २४ गतेदेखि एकीकृत कारोबार गर्दै दुई लघुवित्त

    काठमाडौं । सामुदायिक लघुवित्त र विपिडव्लु लघुवित्तले फागुन २४ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । यी दुई संस्थाबीच एकआपसमा गाभ्ने÷गाभिने तथा मर्जरमा जाने सम्झौतापश्चात् फागुन २४ गतेदखि संयुक्त रुपमा एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।

    दुबै कम्पनीले मर्जर पश्चात सामुदायिक लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार सुरु हुनेछ । दुवै संस्थाको असोज ३० गते सम्पन्न विशेष साधारणसभाले मर्जर तथा  प्राप्ति प्रस्ताव पारित गरेका थिए। नेपाल राष्ट्र बैंकले माघ २४ गते तथा नेपाल धितोपत्र बोर्डले फागुन ९ मा मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो  ।  त्यस्तै कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ मा मर्जर तथा प्राप्तिको लागि अन्तिम स्वीकृति दिएको हो  । 

    यस संगै सामुदायिक लघुवित्तले बिपीडब्लु लघुवित्तलाई गाभेर सामुदायिक लघुवित्तको नामबाट फागुन २४ गते देखि एकिकृत कारोबार सुरु हुनेछ । मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय हालको सामुदायिकको केन्द्रीय कार्यालय रहेको स्थान काभ्रेको साँगामा रहने छ ।

    १००ः०.८५३५ को अनुपातमा राष्ट्र बैंकले मर्जरको लागि स्वीकृति दिएको हो । जस अनुसार सामुदायिक लघुवित्तका १०० कित्ता शेयर हुने शेयरधनीले १०० कित्ता नै शेयर पाउने छन् भने बिपीडब्लु लघुवित्तका १०० कित्ता शेयर हुने शेयरधनीले ८५.३५ कित्ता शेयर पाउने छन्  । 


    images
    images

    Logo