images
images

मर्जरका लागि दुई लघुवित्तलाई धितोपत्र बोर्डले दियो अन्तिम स्वीकृति


  • 658
    SHARES
  • २०८० फाल्गुण ९ गते बुधबार

    मर्जरका लागि दुई लघुवित्तलाई धितोपत्र बोर्डले दियो अन्तिम स्वीकृति

    काठमाडौं । मर्जरका लागि २ लघुवित्तले नेपाल धितोपत्र बोर्डको अन्तिम स्वीकृति पाएका छन् । बुधबार मर्जर प्रकृयामा रहेका सामुदायिक लघुवित्त र विपिडव्लु लघुवित्तले बोर्डको अन्तिम स्वीकृति पाएका हुन् ।

    यी दुई कम्पनीबीच २०७९ पुस १ गते मर्जरका लागि प्रारम्भिक सम्झौता भएको थियो । राष्ट्र बैंकले माघ २४ गते यी दुई कम्पनीलाई एक आपसमा गाभिने अन्तिम स्वीकृति प्रदान गरिसकेको छ ।  यी दुई कम्पनीले १ः०.८५३५ कित्ता शेयर स्वाप रेसियोमा मर्जरमा जाने सहमति गरेका हुन् । 

    शेयर स्वाप रेसियोमा भएको सहमति अनुसार सामुदायिक लघुवित्तको १०० कित्ता शेयर हुने शेयरधनीले १०० कित्ता नै शेयर पाउने छन् भने बिपीडब्लु लघुवित्तका १०० कित्ता शेयर हुने शेयरधनीले ८५.३५ कित्ता शेयर पाउने छन् ।  हाल सामुदायिक लघुवित्तको चुक्ता पूँजी १४ करोड ५२ लाख छ भने बिपीडब्लु लघुवित्तको चुक्ता पूँजी ३ करोड रुपैयाँ छ । 

    1708502173005_page-0001.jpg

    1708502173005_page-0002.jpg

     

     


      


    images
    images

    Logo