images
images

संस्थागत मुद्दति निक्षेपको ब्याजदर व्यक्तिगतको भन्दा १ प्रतिशत विन्दुसम्मले न्यून राख्न पाइने


  • 354
    SHARES
  • २०८० माघ २९ गते सोमबार

    संस्थागत मुद्दति निक्षेपको ब्याजदर व्यक्तिगतको भन्दा १ प्रतिशत विन्दुसम्मले न्यून राख्न पाइने

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत मुद्दति निक्षेपको ब्याजदर व्यक्तिगतको भन्दा १ प्रतिशत विन्दुसम्मले न्यून राख्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो।

    जसअनुसार अब बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत मुद्दति निक्षेपको ब्याजदर निर्धारण गर्दा व्यक्तिगत मुद्दति निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा १ प्रतिशत विन्दुसम्मले न्यून राखी तय गर्न पाउने व्यवस्था गरिएको छ। 

    यसअघि संस्थागत मुद्दति निक्षेपको ब्याजदर निर्धारण गर्दा व्यक्तिगतको भन्दा २ प्रतिशत विन्दुसम्म न्यून राखी तय गर्न पाउने व्यवस्था थियो।

     

     


    images
    images

    Logo