images
images

पुस महिनासम्ममा निर्जीवन बीमा कम्पनीले आर्जन गरे १९ अर्ब ३९ करोडमाथि बीमाशुल्क


  • 413
    SHARES
  • २०८० माघ ११ गते बिहीबार

    पुस महिनासम्ममा निर्जीवन बीमा कम्पनीले आर्जन गरे १९ अर्ब ३९ करोडमाथि बीमाशुल्क

    काठमाडौं । पुस महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ३९ करोडमाथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन्। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार १४ कम्पनीहरुले दोस्रो त्रैमाससम्ममा १४ लाख २१ हजार ७६ वटा बीमा पोलिसी बिक्री गरी १९ अर्ब ३९ करोड ६० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। 

    यी कम्पनीहरुले पुस महिनामा मात्रै ३ अर्ब ७६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। पुस महिनासम्म सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ। यो कम्पनीले यस अवधिसम्म २ अर्ब ४५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

    दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ। यो कम्पनीले २ अर्ब ३४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। तेस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ। यो कम्पनीले यस अवधिसम्म १ अर्ब ९७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

    त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ६७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ६६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। त्यस्तै, नेको इन्स्योरेन्सले १ अर्ब ६१ करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेको छ भने  युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ३० करोड र एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब २५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन्।

    त्यसैगरी सानिमा जिआइसी इन्स्योरेन्सले १ अर्ब १५ करोड, प्रभु इन्स्योरेन्सले ९६ करोड ९८ लाख, ओरिएन्टल इन्स्योरेन्सले ९३ करोड ५१ लाख, नेपाल इन्स्योरेन्सले ७५ करोड २ लाख, राष्ट्रिय बीमा कम्पनीले ६९ करोड ३३ लाख, र नेशनल इन्स्योरेन्सले ६१ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

     


    images
    images

    Logo