images
images

लक्ष्मी सनराइज बैंकले कमायो १ अर्ब ५ करोड नाफा, प्रति शेयर आम्दानी कति ?


  • 373
    SHARES
  • २०८० माघ ७ गते आइतबार

    लक्ष्मी सनराइज बैंकले कमायो १ अर्ब ५ करोड नाफा, प्रति शेयर आम्दानी कति ?

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले १ अर्ब ५ करोड नाफा कमाएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण अनुसार पहिलो ६ महिनासम्ममा बैंकले सो रकम बराबरको नाफा कमाउन सफल भएको हो । गत वर्षको तुलनामा १.८७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । 

    बैंकको खुद व्याज आम्दानी ५ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो । पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८ करोड ११ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

    हाल यस बैंकको चुक्ता पुँजी २३ अर्ब १८ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा १६ अर्ब २६ करोड रुपैयाँ सञ्चित रहेको छ । पुसको अन्त्यसम्ममा बैंकले ३ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

    बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५१ पैसाले घटेर ९ रुपैयाँ १४ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने १६६ रुपैयाँ ६२ पैसा रहेको छ ।


    images
    images

    Logo