images
images

प्राइम कमर्शियल बैंकको नाफा ३२ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?


  • 344
    SHARES
  • २०८० माघ ७ गते आइतबार

    प्राइम कमर्शियल बैंकको नाफा ३२ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?

    काठमाडौं । प्राइम कमर्शियल बैंकको नाफा ३२ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण अनुसार पहिलो ६ महिनासम्मा बैंकले २ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएको छ । यो गत बर्षको तुलनामा ३२.१३ प्रतिशत बढी हो । गत बर्षको सोही अवधिमा १ अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएको थियो । 

    बैंकको खुद व्याज आम्दानी ३ अर्ब ८७ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ५३ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । समिक्षा अवधिमा बैंकको संचालन नाफा पनि ३२ प्रतिशत बढेर ३ अर्ब ११ करोड ८४ लाख रुपैयाँ कायम भएको छ । यस्तै, बैंकको वितरणयोग्य मुनाफा पनि ६ करोड ४१ लाख रुपैयाँ रहेको छ । 

    हाल बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख रुपैयाँ छ । बैंकले जगेडा कोषमा ९ अर्ब ८७ करोड ३० लाख रुपैयाँ सञ्चिति छ । पुसको अन्त्यसम्ममा बैंकले २ खर्ब ६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७० अर्ब कर्जा लगानी गरेको छ।

    बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ भने १५१ रुपैयाँ २२ पैसा रहेको छ ।

     

     


    images
    images

    Logo