images
images

एभरेष्ट बैंकको नाफा १ अर्ब ७१ करोड, वितरणयोग्य मुनाफा कति ?


  • 384
    SHARES
  • २०८० माघ ७ गते आइतबार

    एभरेष्ट बैंकको नाफा १ अर्ब ७१ करोड, वितरणयोग्य मुनाफा कति ?

    काठमाडौं । एभरेष्ट बैंकले १ अर्ब ७१ करोड नाफा कमाएको छ ।  चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण अनुसार पहिलो ६ महिनासम्मा बैंकले सो रकम बराबरको नाफा कमाउन सफल भएको हो । गत वर्षको तुलनामा ७.८८ प्रतिशतले बढी हो । गत वर्ष यो बैंकले १ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । 

    बैंकको खुद व्याज आम्दानी ३ अर्ब ६२ करोड रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो । यता, सञ्चालन नाफा २ अर्ब २६ करोडबाट बढेर २ अर्ब ४४ करोड पुगेको छ । 

    पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ४० करोड रहेको छ । पुसको अन्त्यसम्ममा बैंकले २ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको जगेडा कोषमा ११ अर्ब ४२ करोड रुपैयाँ सञ्चित छ । 

    बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६७ पैसाले बढेर २९ रुपैयाँ १२ पैसा पुगेको छ । त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १८.००  गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१९ रुपैयाँ ५७ पैसा रहेको छ ।


    images
    images

    Logo