images
images

बैंकिङ प्रणालीबाट २० अर्ब तरलता खिच्दै राष्ट्र बैंक


  • 338
    SHARES
  • २०८० माघ ३ गते बुधबार

    बैंकिङ प्रणालीबाट २० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

    काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले २० अर्ब तरलता खिच्ने भएको छ । विहीबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत २० अर्ब तरलता खिच्न लागेको राष्ट्र बैंकले जनाएको हो । 

    १४ दिनका लागि बैंकिङ प्रणालीबाट उक्त तरलचा खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले माघ ४ गते अथात् विहीबार दिउँसो २ बजे बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । 

    यो १४ दिने निक्षेप संकलन उपकरणको माघ १८ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। बुधबार पनि ३० अर्बको निक्षेप संकलन उपकरण परिपक्क भएकोले राष्ट्र बैंकले बिहीबार पुनः तरलता खिच्ने निक्षेप संकलन उपकरण बोलकबोल गर्न लागेको हो ।

    यसअघि राष्ट्र बैंकले पुसमा १० पटक र मंसिरमा ८ पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा तानेको छ। जसअनुसार पुसमा केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट कुल २ खर्ब १५ अर्ब रुपैयाँ र मंसिरमा १ खर्ब २५ अर्ब रुपैयाँ तानेको थियो।

     


    images
    images

    Logo