images
images

१५ अर्ब ७० करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक


  • 466
    SHARES
  • २०८० पौष २६ गते बिहीबार

    १५ अर्ब ७० करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले आइतबार सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो । 

    बैंकले २८ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, ९१ दिनको लागि ७ अर्ब ७० करोड रुपैयाँ ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । 

    उक्त ट्रेजरी विल २८ दिनको फागुन १ गते परिपक्क हुनेछ । त्यस्तै, ९१ दिनको आगामी बैशाख ४ गते परिपक्क हुनेछ । यो ट्रेजरी विल आइतबार दिउँसो २ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।

    एक वर्ष वा त्यसभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र ट्रेजरी बिल हो । ट्रेजरी बिल अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमका हुन्छन् ।

     


    images
    images

    Logo