images
images

बैंकिङ प्रणालीबाट २० अर्ब तरलता खिच्दै राष्ट्र बैंक


  • 408
    SHARES
  • २०८० पौष २५ गते बुधबार

    बैंकिङ प्रणालीबाट २० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

    काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले २० अर्ब तरलता खिच्ने भएको छ । विहीबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत २० अर्ब तरलता खिच्न लागेको राष्ट्र बैंकले जनाएको हो । 

    ७ दिनका लागि बैंकिङ प्रणालीबाट उक्त तरलचा खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । राष्ट्र बैंकले ७ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति माघ ४ गते हुनेछ । 

    यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

    यसअघि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पुस २४ गते ३५ अर्ब रुपैयाँ, पुस १८ गते २५ अर्ब रुपैयाँ, पुस १७ गते १० अर्ब रुपैयाँ, पुस १२ गते २० अर्ब रुपैयाँ, पुस ११ गते ३५ अर्ब रुपैयाँ, पुस ६ गते २५ अर्ब रुपैयाँ, पुस ४ गते २५ अर्ब रुपैयाँ, पुस ३ गते १० अर्ब रुपैयाँ र पुस १ गते १० अर्ब रुपैयाँ गरी कुल १ खर्ब ९५ अर्ब रुपैयाँ प्रशोचन गरिसकेको छ।

    गत मंसिर महिनामा भने राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न आठपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट १ खर्ब २५ अर्ब रुपैयाँ तानेको थियो।

     

     


    images
    images

    Logo