images
images

बैंकको सिस्टम ह्याक गर्ने बैंकका कर्मचारीलाई साढे ६ वर्ष कैद सजाय


  • 600
    SHARES
  • २०८० पौष ११ गते बुधबार

    बैंकको सिस्टम ह्याक गर्ने बैंकका कर्मचारीलाई साढे ६ वर्ष कैद सजाय

    काठमाडौं । नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालालाई साढे ६ वर्ष कैदको सजाय निर्धारण गरिएको छ । २०७७ असार ३१ मा दर्ता गरिएको मुद्दाको आज फैसला सुनाउँदै विशेष अदालतले ६ वर्ष ६ महिनाको कैद सजाय निर्धारण गरेको हो । 

    कैद साथै कोइरालालाई ५४ लाख ८४ हजार रुपैयाँ जरिवाना र सो बराबरकै बिगो भराउन समेत फैसला समेत अदालतले गरेको छ । 

    मंसिर २१ गते विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले कोइरालालाई दोषी ठहर गरेको थियो भने आज (बुधबार) सजाय निर्धारण गरिएको हो । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकमा कार्यरत कोइरालालाई बैङ्कको सिस्टम ह्याक गर्ने, बैंकमा जम्मा गर्नुपर्ने ब्याज आफ्नो निजी खातामा जम्मा गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै २०७७ असार ३१ मा मुद्दा दर्ता गरेको थियो ।

    नेपाल बैंक लिमिटेडको काठमाडौंको बैंकिङ अफिस र डिल्लीबजार शाखामा कार्यरत रहेका कोइरालाले बैंकिङ सिस्टमअन्तर्गत व्यक्तिगत दिइएको अरु कसैले प्रयोग गर्न नमिल्ने टेलर आइडी र सिस्टम सुपर युजर विद्युतीय माध्यमको दुरुपयोग गरेको भेटिएको थियो । त्यसमार्फत् उनले ५४ लाख ८४ हजार रुपैयाँ विभिन्न खातामा जम्मा गरी भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएको अख्तियारको दाबी थियो ।


    images
    images

    Logo