images
images

राष्ट्रिय वाणिज्य बैंक बन्यो सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंक 


  • 363
    SHARES
  • २०८० पौष ९ गते सोमबार

    राष्ट्रिय वाणिज्य बैंक बन्यो सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंक 

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंक बनेको छ । नेपालका वाणिज्य बैंकहरु मध्ये सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सबैभन्दा बढी डिजिल कारोबार (विद्युतीय कारोबार) गर्न सफल भएको हो ।

    यसै सन्दर्भमा नेपालको भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई नेपालका बैंकहरु मध्ये सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंकको रुपमा सम्मानित गरेको छ। 

    साथै उपरोक्त प्रगतिका लागि सम्पूर्ण ग्राहकहरु, शेयरधनी, नेपाल सरकार, राष्ट्र बैंंक, कार्यरत कर्मचारी लगायत समग्र सरोकारवालाहरु प्रति बैंकको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरेको छ । 

    बैंकका हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २८५ शाखा कार्यालय, २६९ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा, ६९ वटा एक्स्टेन्सन काउण्टर, क्यूआर कोड सेवा, पीओएस सेवा, क्रेडिट कार्ड डेबिट कार्ड, कन्नेक्ट आईपीएस स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ्ग, परिष्कृत रुपको मोवाईल बैंकिङ्ग (डिजिटल संसार) तथा बिना ईन्टरनेट चल्ने यूएसएसडी मोबाइल बैंकिङ्गका सेवाहरु समेत सञ्चालनमा रहेका छन्।


    images
    images

    Logo