images
images

शरणार्थी नेता टेकनाथ रिजालले बुझाए १५ लाख धरौटी


  • 345
    SHARES
  • २०८० पौष ९ गते सोमबार

    शरणार्थी नेता टेकनाथ रिजालले बुझाए १५ लाख धरौटी

    काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजालले काठमाडौं जिल्ला अदालतमा धरौटी रकम बुझाएका छन् । नक्कली शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेशअनुसार धरौटी बुझाएका ५ जना गएको मंसिर २१ गते नै थुनामुक्त भए पनि रिजाल रकम नबुझाउँदा थुमामै बसेका थिए । 

    उच्च अदालत पाटनको आदेशानुसार उनले आइतबार काठमाडौं जिल्ला अदालतमा १५ लाख रुपैयाँको बैंक ग्यारेन्टी बुझाएका हुन् । तर, आइतबार सम्पत्ति शुद्धिकरण विभागमा वयान दिन नपाउँदा रिजाल थुनामुक्त हुन पाएनन् । आज र भोलि पनि सार्वजनिक बिदा भएका कारण उनी बुधबार अघि थुनाबाट छुट्ने छैनन् । 

    नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा जेठ ४ गते पक्राउ परेका रिजाललाई मंसिर २१ गते उच्च अदालत पाटनले १५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको थियो । 

    उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले मङ्सिर १५ मा तोकेको धरौटी रिजालले जिल्ला अदालतमा आइतबार मात्रै बुझाएका हुन् ।


    images
    images

    Logo