images
images

बढी मूल्यमा ग्यास बेच्नेलाई कारबाही गर्ने निगमको चेतावनी


  • 344
    SHARES
  • २०८० पौष ८ गते आइतबार

    बढी मूल्यमा ग्यास बेच्नेलाई कारबाही गर्ने निगमको चेतावनी

    काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यासको बिक्री मूल्य १८९५ रुपैयाँ प्रतिसिलिन्डर तोकिएको जानकारी दिएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै पछिल्लो मूल्यसूची अनुसार ग्यासको बिक्री मूल्य १८९५ रुपैयाँ तोकिएको जानकारी दिएको हो ।

    तर, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा तोकिएको मूल्यभन्दा बढी मूल्यमा बिक्री वितरण भइरहेको समाचार आइरहेको निगमले जनाएको छ । यदि, बिक्रेताहरुले तोकिएको मूल्यभन्दा बढी मूल्यमा एलपी ग्यास बिक्री गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत निगमले दिएको छ ।

    निगमले भनेको छ, ‘ढुवानी लागत समेत जोडेर ग्यासको लागत मूल्य तोकिएको हुन्छ । ग्यास उद्योगभन्दा ५० किलोमिटर वरपर सोही मूल्य लागु हुन्छ ।’ उद्योगको आसपास समेत तोकिएको मूल्यभन्दा बढी मूल्यमा ग्यास बिक्री गरेको पाइएमा कारबाही गर्ने चेतावनी निगमले दिएको हो ।

    nigam.jpg


    images
    images

    Logo