images
images

सिजी सिमेन्ट उद्योगमा स्थानीयले लगाए ताला


  • 437
    SHARES
  • २०८० पौष ८ गते आइतबार

    सिजी सिमेन्ट उद्योगमा स्थानीयले लगाए ताला

    काठमाडौं । प्रदूषण नियन्त्रणमा लापरवाही गरेको भन्दै पाल्पाको रैनादेवी छहरा–२, सोमादीस्थित सीजी सिमेन्ट उद्योगमा स्थानीय बासिन्दालले सिजी सिमेन्ट उद्योगमा तालाबन्दी गरेका छन् । पटक पटक प्रदूषण नियन्त्रणको माग गरिरहँदा पनि कम्पनीले कुनै प्रतिक्रिया नदिएको भन्दै सर्देवा, भवानी, भर्ले, तान्सिंगल, सोमादी, जोगीथुप र देउराली लगायतका स्थानीय मिलेर शनिबार सिमेन्ट उद्योगको प्रशासनमा तालाबन्दी गरेका हुन् । 

    स्थानीयले तालाबन्दी गरेपछि उत्पादनको काम ठप्प भएको कम्पनीले जनाएको छ । प्रदूषण नियन्त्रणका लागि पटकपटक अनुरोध गरिरहँदा पनि कम्पनीले कुनै किसिमको चासो नदेखाएका कारण कम्पनीमा तालाबन्दी नै गर्नुपर्ने स्थिति आएको स्थानीयले बताएका छन् । सीजी सिमेन्ट प्रालि संचालन गर्दा धुलोधूँवा, प्रदुषणका कारण समस्या देखिएको, कम्पनीका कामदारले जथाभावी फोहोर गरेको, वातावरणीय प्रदूषण बढाएको स्थानीयको आरोप छ । 

    रैनादेवी छहरा, सोमादीको सर्देवामा सीजी सिमेन्ट उद्योग झण्डै ५ सय रोपनी जग्गामा फैलिएको छ ।


    images
    images

    Logo