images
images

आयोगले माग्याे ४३५ जना माध्यमिक तह तृतीय श्रेणी शिक्षक


  • 341
    SHARES
  • २०८० पौष ८ गते आइतबार

    आयोगले माग्याे ४३५ जना माध्यमिक तह तृतीय श्रेणी शिक्षक

    काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहमा ४३५ शिक्षक माग गर्दैछ । आज एक सूचना जारी गर्दै सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो ।

    उक्त पदमा दरखास्त दिन चाहनेका लागि आइतबार विहान १० बजेदेखि नै अनलाइन फारम भर्न सकिने व्यवस्था गर्ने आयोग स्रोतले जनाएको छ । माध्यमिक शिक्षकमा दरखास्त दिन नेपाली, सामाजिक, अर्थशास्त्र र संस्कृत विषयमा आवदेन फारम भर्नेले सम्बन्धित विषयमा स्नातक उतीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिनाको तालिम लिएको हुनुपर्नेछ ।

    तर अंग्रेजी, गणित, विज्ञान, कार्यालय सञ्चालन तथा लेखा र कम्प्युटर विज्ञानमा फारम भर्न चाहनेले भने शिक्षा विषयको तालिम नलिए पनि दरखास्त दिन सक्नेछन् ।

    न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि अनलाइन प्रणालीबाट दरखास्त पेस गर्न सक्ने सूचनामा उल्लेख छ । इच्छुक व्यक्तिले आयोगको अनलाइन प्रणालीमार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ ।

    उक्त विज्ञापनमा माघ ८ गतेसम्म नियमित दस्तुर तिरेर फारम भर्न सकिने र त्यसपछि माघ १५ गतेसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सकिने आयोगले जनाएको छ ।  शिक्षक सेवा आयोगले गत वर्ष ७१८ माध्यमिक शिक्षक माग गरेको थियो ।

     


    images
    images

    Logo