images
images

नेपाल प्रहरीका सई भक्तपुरमा मृत फेला 


  • 314
    SHARES
  • २०८० पौष ८ गते आइतबार

    नेपाल प्रहरीका सई भक्तपुरमा मृत फेला 

    भक्तपुर । नेपाल प्रहरीका एक प्रहरी नायव निरिक्षक ९सई० मृत फेला परेका छन् । भक्तपुर सूर्यविनायक वडा ८ सिपाडोल टौखेल घर घएका ४४ वर्षिय बालकृष्ण उपाध्याय घिमिरे आफ्नै घरमा आज बिहान मृत भेटिएका हुन् ।

    नेपाल प्रहरी प्रधान कार्यालय १ नं गण नक्साल दरबन्दी भएका घिमिरे आफ्नै घरको तेस्रो तलामा आफु सुत्ने कोठा भित्र मृत अवस्थामा फेला परेको भक्तपुर प्रहरीले जनाएको छ । 

    घट्नावारे आईतवार बिहान सात वजे जानकारी पाए लगत्तै प्रहरी वृत्त जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।


    images
    images

    Logo