काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणले शुक्रबार १२ फर्ममाथि अनुगमन गरेको छ । शुक्रबार बजार अनुगमनको क्रममा विभागले रेडिमेड तथा थान कपडा र खाद्य वस्तु पसललाई जरिवाना गरेको हो ।
विभागको संयुक्त अनुगमन टोलीले बिल बिजक, दर्ता प्रमाण–पत्र राख्नु पर्ने नराखेको र दर्ता प्रमाण पत्र नराखेको गुणस्तर, परिमाण, मुल्य, नापतौलमा हेरफेर गरेको र अनुगमनको क्रममा असहयोग गरेको अभियोगमा सम्बन्धित पसलबाट यो परिमाणमा आर्थिक जरिवाना गरेको हो ।
विहीबार विभागले १२ वटा व्यापारिक प्रतिष्ठानमा अनुगमन गरिएको थियो । यसमध्ये कैफियत भेटिएको २ व्यापारिक प्रतिष्ठानलाई ७० हजार रुपैयाँ जरिवाना तिराएको छ भने अन्यलाई सुधार गर्न निर्देशन दिइएको छ ।
विभागले हात्तिवनमा रहेको गौशालामा रहेको खाद्य वस्तु पसललाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ भने कोटेश्वरमा रहेको रेडिमेड तथा थान कपडा पसलालाई २० हजार रुपौया जरिवाना गरेको छ । नियमित अनुगमनका क्रममा विभागले विभिन्न पसललाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ भने कतिपयलाई सामान्य निर्देशन दिएको छ ।



