images
images

सामाजिक सुरक्षा कोषमा ४ लाख ६७ हजार आवद्ध


  • 318
    SHARES
  • २०८० पौष ६ गते शुक्रबार

    सामाजिक सुरक्षा कोषमा ४ लाख ६७ हजार आवद्ध

    काठमाडौं । सामाजिक सुरक्षा कोषमा ४ लाख ६७ हजार मानिस आवद्ध भएका छन् ।  सामाजिक सुरक्षा कोषको तथ्यांक अनुसार हालसम्म ४ लाख ६७ हजार ६ सय ७८ जना नेपाली वैदेशिक रोजगारीकै क्रममा सामाजिक सुरक्षा कोषमा आवद्ध भएका हुन्।

    सामाजिक सुरक्षा कोषले ८ चैत २०७९ मा वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराएको थियो । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने रोजगारदाताको संख्या १८ हजार ५ सय १९ पुगेको छ । यस अवधिमा कोषमा योगदानकर्ता भने ९ लाख ९९ हजार ८ सय ६ जना पुगेको कोषले जनाएको छ । यस अवधिमा कोषमा भएको योगदान रकम ४६ अर्ब ४४ करोड रुपैयाँ पुगेको कोषले जनाएको छ । 

    कोषमा आबद्ध हुनेमा सबैभन्दा बढी बागमती प्रदेशबाट ३ लाख ५८ हजार ९ सय ७७ श्रमिक सूचीकृत भएका छन् । कोशी प्रदेशबाट ४७ हजार २ सय ४५, मधेस प्रदेशबाट २३ हजार ८ सय ७७, गण्डकी प्रदेशबाट १७ हजार ९ सय १६, लुम्बिनी प्रदेशबाट १६ हजार १ सय ९७, सुदूरपश्चिम प्रदेशबाट १ हजार ९ सय १४ र कर्णाली प्रदेशबाट १ हजार ५ सय ५२ श्रमिक सूचीकृत भएका छन् । 

    जसमा अहिलेसम्म कोषमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दावी ८० करोड ६८ लाख रुपैयाँ भइसकेको छ । दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम ९ करोड ९ लाख रुपैयाँ पुगेको छ । आश्रित परिवार सुरक्षा दाबी रकम ११ करोढ १५ लाख पुगेको कोषको तथ्यांक छ । अवकाश दाबी रकम ५ अर्ब ६७ करोड ६१ लाख रहेको छ । यस अवधिमा ६ अर्ब ७७ करोड रुपैयाँ दावि भुक्तानी भएको छ । 

     


    images
    images

    Logo