images
images

विद्यार्थीलाई अनावश्यक पोसाक किन्न बाध्य पार्ने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी


  • 258
    SHARES
  • २०८० पौष ६ गते शुक्रबार

    विद्यार्थीलाई अनावश्यक पोसाक किन्न बाध्य पार्ने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले विद्यार्थीलाई विद्यालयबाहेक अन्य पोसाक किन्न बाध्य नपार्न नगर मातहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरेको छ । 

     केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो आएकाले अन्य पोसाक किन्न बाध्य नपार्न नगर मातहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरिएको महानगरपालिकाका शिक्षा अधिकारी सीताराम अधिकारीले राससलाई जानकारी दिए ।

    कोही कसैले  परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्ड सजाय गरिने चेतावनी समेत महानगरले दिएको छ । 

     


    images
    images

    Logo