images
images

सातामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, अंग्रेजी नयाँ बर्षमा मूल्यले रेकर्ड कायम गर्न सक्ने आँकलन


  • 330
    SHARES
  • २०८० पौष ६ गते शुक्रबार

    सातामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, अंग्रेजी नयाँ बर्षमा मूल्यले रेकर्ड कायम गर्न सक्ने आँकलन

    काठमाडौं । यस साता सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको छ । आइतबार तोलाको १ लाख १७ हजार ८ सय रुपैयाँ रहेको सुन शुक्रबार १ लाख १९ हजार ८ सय रुपैयाँ पुगेको हो । 

    यो साता विश्व बजारमा सुनको मुल्य बढेको छ । अमेरिकी रिजर्भ बैंक फेडले ब्याजदर कटौती गर्ने नीति लिएसँगै बढेको सुनको मुल्यमा विभिन्न मुलुकमा जारी द्धन्दले थप प्रभाव पारेको बिश्लेषकहरुले बताएका छन् । उनीहरुले अँग्रेजी नयाँ बर्षमा सुनको मुल्यले रेकर्ड कायम गर्न सक्ने आँकलन समेत गरेका छन् ।

    नेपाली बजारमा पनि यो साता सुनको मुल्य बढ्यो । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख ९ सय ९५ रुपैयाँ रहेको सुनको मुल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार बढेर १ लाख २ हजार ७ सय १० कायम भयो । जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम १ हजार ७ सय १५ रुपैयाँले बढी हो ।

    यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार १ हजार २ सय ४७ रुपैयाँ ५० पैसामा कारोबार भएको चाँदीको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार २ सय ७३ रुपैयाँ कायम भयो ।


    images
    images

    Logo