images
images

राष्ट्र बैंकद्वारा क्यासवे मनी ट्रान्सफरको विप्रेषण कारोबार बन्द


  • 391
    SHARES
  • २०८० मंसिर २६ गते मंगलबार

    राष्ट्र बैंकद्वारा क्यासवे मनी ट्रान्सफरको विप्रेषण कारोबार बन्द

    काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यासवे मनी ट्रान्सफरको कारोबार बन्द गरेको छ । नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै  क्यासवे मनी ट्रान्सफरको विप्रेषण कारोबार बन्द गरिएको जानकारी गराएको हो।

    काठमाडौंको भेँडासिङमा रहेको क्यासवेलाई नेपाल राष्ट्र बैंक, विप्रषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित)को विनियम–३१, उपविनियम (१)बमोजिम विप्रेषण कारोबार बन्द गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय भएको सूचनामा उल्लेख छ।

    कारोबारको सिलसिलामा उक्त कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबारमात्र) रकम बाँकी रहेको भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा लिखित रुपमा जानकरी दिन पनि सूचनामा आग्रह गरिएको छ।

    तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा क्यासवेको बैंक जमानत फुकुवा गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

    Untitled.jpg


    images
    images

    Logo