काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सुचीकृत कम्पनीहरुलाई ३ दिनभित्र वित्तीय विवरण पेस गर्न निर्देशन दिएको छ । नेप्सेले आज एक सुचना जारी गर्दै केही कम्पनीहरुले अझै बार्षिक तथा त्रैमासिक वित्तीय विवरण सयममा पेस नगरेकाले ३ दिनभित्र पेस गर्न निर्देशन दिएको हो।
तोकिएको अवधिभित्र नेप्सेले उपलब्ध गराएको नट्स लगइनमार्फत वित्तीय विवरणहरु अपलोड गर्न नेप्सेले निर्देशन दिएको छ।तोकिएको अवधिभित्र वित्तीय विवरणहरु अपलोड नगर्ने कम्पनीहरुलाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ बमोजिम कारबाही गरिने नेप्सेले चेतावनी दिएको छ।
उक्त विनियमावलीबमोजिम संगठित संस्थाहरुले वार्षिक तथा त्रैमासिक वित्तीय विवरणहरु सो विनियमावलीले निर्दिष्ट गरेको समयभित्र नेप्सेमा पेस गर्नुपर्ने व्यवस्था रहेको छ।



