images
images

विदेशी मुद्राको कारोबार गर्न क्यासिनोलाई वार्षिक ५० हजार शुल्क, २५ लाख धरौटी 


  • 512
    SHARES
  • २०८० मंसिर २५ गते सोमबार

    विदेशी मुद्राको कारोबार गर्न क्यासिनोलाई वार्षिक ५० हजार शुल्क, २५ लाख धरौटी 

    काठमाडौं । नेपालभित्र क्यासिनो सञ्चालन गर्नेहरुको विदेशी मुद्राको कारोबार गर्नका लागि नेपाल राष्ट्र बैंकबाट लाइसेन्स लिनुपर्ने भएको छ । राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ दोस्रो संशोधन मार्फत् यस्तो व्यवस्था गरेको हो । 

    राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा विरीक्षणा विनियमावली, २०६७ लाई खारेज गर्दै नयाँ विनियमावली लागु गरेको हो । 

    क्यासिनोले विदेशी मुद्राको कारोबार गर्ने लाइसेन्स लिन प्रति कारोबार स्थानको लागि २५ लाख रुपैयाँ बराबरको २ बर्षको बैंक जमान र लाइसेन्स शुल्क वापत १ लाख रुपैयाँ राष्ट्र बैंकमा बुझाउनु पर्नेछ । त्यस्तै, अवदेखि नवीकरणका हकमा पनि २५ लाख रुपैयाँ लाग्ने छ । 

    उपकरणको माध्यमबाट मात्र खेलाइने खेलको हकमा प्रति कारोवार स्थानको लागि दश लाख रुपैयाँ बैंक जमानत र इजाजतपत्र शुल्क बापत ५० हजार रुपैयाँ राष्ट्र बैंकमा बुझाउनु पर्नेछ। यसरी लिइएको इजाजत २ वर्ष नपुग्दै शुल्क बुझाएर नवीरकरण गरिसक्नुपर्छ।

    क्षेत्रीय स्तरका वित्तीय संस्थाले आफ्नो केन्द्रीय कार्यालय रहेको स्थानको नजिकको राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा विभागमा लाइसेन्सका लागि आवेदन दिन सक्ने भएको छ। राष्ट्र बैंकले विनियमावली संशोधन गरी प्रादेशिक कार्यालयलाई अधिकार प्रत्यायोजन गरेको हो।

    बैंक तथा वित्तीय संस्थाले एकमुष्ट रुपमा प्राप्त गरेको लाइसेन्सका आधारमा शाखाबाट मात्र विदेशी विनिमयको कारोबार गर्न पाउनेमा अबदेखि एक्सटेन्सन काउन्टरलाई पनि यो सुविधा दिइएको छ।

    स्टोररसुपरमार्केट, एयरलाइन्स, तीन तारे तथा त्यसभन्दा माथिका होटलका साथै अन्य होटल, रिसोर्ट, फर्म, कम्पनी र संस्थाले कम्तिमा चार बर्ष अवधिको बैंक जमानत पेश गर्नु पर्ने थियो। अब बढीमा १५ महिनाको गरे हुने भएको छ।

    समयभित्र लाइसेन्स नवीकरण नगराएमा बैंक जमानत जफत भइ लाइसेन्स रद्द हुने ब्यवस्थामा राष्ट्र बैंक लचक बनेको छ। अब जरिवाना काटेर बैंक जमानत र धरौटी फिर्ता हुने छ। लाइसेन्स भने रद्द हुने छ।


    images
    images

    Logo