काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो ।
बैंकले ९१ दिनको लागि ८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, १८२ दिनको लागि ६ अर्ब रुपैयाँ नयाँ ट्रेजरी बिल जारी गर्दा ४ अर्बकै नवीकरणको लागि बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । ३६४ दिन अवधिको २ अर्ब बराबरको ट्रेजरी बिल पनि सोमबार नवीकरणको लागि बोलकबोल हुने भएको छ ।
उक्त ट्रेजरी विल ९१ दिनको फागुन २९ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको आगामी जेठ २९ गते परिपक्क हुनेछ भने ३६४ दिनको मंसिर २५ गते परिपक्क हुनेछ । यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।
एक वर्ष वा त्यसभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र ट्रेजरी बिल हो । ट्रेजरी बिल अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमका हुन्छन् ।



