काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ शुक्रबारको तुलनामा तोलामा १३ सय रुपैयाँले घटेको हो ।
शुक्रबार प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज घटेर १ लाख १७ हजार ५ सय रुपैयाँ पुगेको महासंघले जनाएके छ । त्यस्तै, तेजाबी सुन पनि घटेर १ लाख १६ हजार ९५० रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य पनि शुक्रबारको तुलनामा घटेको छ । शुक्रबार १ हजार ४ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य पनि घटेर १ हजार ४ सय २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।