images
images

फुङ्लिङमा आगलागी, पाँच लाख बराबर क्षति


  • 326
    SHARES
  • २०८० मंसिर २३ गते शनिबार

    फुङ्लिङमा आगलागी, पाँच लाख बराबर क्षति

    फुङ्लिङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहानै एउटा घरमा आगो लाग्दा त्यो नष्ट भएको छ भने ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । 

    सदरमुकाम बजार नजिक फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा आगलागी हुँदा ५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला समन्वय समितिका सदस्य विष्णु तिवारीले राससलाई जानकारी दिए । 

    फुङ्लिङ नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सक्रियतामा आगो निभाइएको छ । 


    images
    images

    Logo