images
images

महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध


  • 370
    SHARES
  • २०८० मंसिर २३ गते शनिबार

    महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल तथा प्लास्टिकबाट उत्पादन गरिएका रुख राख्न निषेध गरेको छ । वातावरणीय दिगोपनलाई प्रवद्र्धन गर्ने उद्देश्यले महानगरपालिकाले महानगर क्षेत्रभित्र चाडपर्वका लागि प्लास्टिकका फूल तथा प्लास्टिकका रुख प्रयोगमा रोक लगाएको काठमाडौँ महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए ।

    महानगरपालिकाले काठमाडौँभरका सुपरमार्केटमा प्रदर्शनीबाट प्लास्टिकका फूल तथा रुखलाई हटाउने कार्यलाई तीव्रता दिएको आचार्यले बताए। तिहारमा प्लाष्टिकका फूलमाला बिक्रीवितरण गर्न रोक लगाएको महानगरपालिकाले अब प्लास्टिकका बिरुवा तथा रुख पनि प्रयोग गर्न रोक लगाएको छ ।

    यसैगरी प्लास्टिकका रुख, प्लास्टिकका फूल, माला र सजावटका अन्य सामग्री किनबेच नगर्न पनि महानगरपालिकाले अनुरोध गरेको छ ।


    images
    images

    Logo