images
images

डीडीसीका कर्मचारी र सञ्चालकको भत्ता कटौती


  • 306
    SHARES
  • २०८० मंसिर २२ गते शुक्रबार

    डीडीसीका कर्मचारी र सञ्चालकको भत्ता कटौती

    काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले अत्यावश्यकबाहेकका सबै खर्च कटौती गर्ने निर्णय गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसालको उपस्थितिमा शुक्रबार बसेको डीडीसीको सञ्चालक समिति बैठकले नियमित तलब सुविधाबाहेकका सबै खर्च कटौती गर्ने निर्णय गरेको हो ।

    शुक्रबार मन्त्रालयमा भएको संस्थान सञ्चालक समितिको बैठकले किसानबाट खरिद गरेको दूधको भुक्तानी नहुन्जेलसम्मका लागि सबै प्रकारका भत्ता र सुविधा रोक्ने निर्णय भएको जनाइएको छ ।

    शुक्रबारको बोर्ड बैठकले किसानको भुक्तानी चुस्त बनाउने सम्बन्धममा विभिन्न निर्णय गरेको छ । जसअन्तर्गत निर्णयको चौथो नम्बरमा कर्मचारी र सञ्चालक समितिको सुविधा र भत्ता स्थगनको निर्णय उल्लेख छ ।

    यस्तै, किसानलाई भुक्तानीको सहजीकरण गर्न संस्थानको मौज्दातमा रहेको दुग्ध पदार्थको मूल्यांकनको आधारमा बैंक तथा वित्तीय संस्थाबाट सहुलियत चालु पूँजी कर्जा व्यवस्थाको लागि नीतिगत सहजीकरण गर्ने निर्णय पनि बोर्डले गरेको छ ।


    images
    images

    Logo