images
images

२० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक 


  • 440
    SHARES
  • २०८० मंसिर २२ गते शुक्रबार

    २० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक 

    काठमाडौं । नेपाल राष्ट्र बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न आइतबार फेरि २० अर्ब रुपैयाँ तान्ने भएको छ। सका लागि आइतबार दिउँसो २ बजे बोलकबोल हुनेछ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। 

    ७ दिने यो निक्षेप संकलन उपकरणको पुस १ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। योसँगै राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न मंसिरमा मात्रै आठौँपटक यो उपकरण प्रयोग गर्न लागेको हो।


    राष्ट्र बैंकले आज पनि निक्षेप संकलन उपकरण प्रयोग गर्दै २५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तानेको थियो। यसको आज १२ बजे बोलकबोल गरिएको थियो।

    यसअघि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले मंसिर २१ २५ अर्ब रुपैयाँ, मंसिर २० गते १० अर्ब रुपैयाँ, मंसिर १७ गते १० अर्ब रुपैयाँ, मंसिर १४ गते १५ अर्ब रुपैयाँ, मंसिर १२ गते १० अर्ब रुपैयाँ र मंसिर ६ गते १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तानेको थियो।


    images
    images

    Logo