images
images

एनसेल विक्री प्रकरणमा प्रधानमन्त्रीलाई बोलाएर छलफल गर्ने समितिको निर्णय


  • 292
    SHARES
  • २०८० मंसिर २२ गते शुक्रबार

    एनसेल विक्री प्रकरणमा प्रधानमन्त्रीलाई बोलाएर छलफल गर्ने समितिको निर्णय

    काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले प्रधामन्त्री प्रचण्डलाई बोलाएर एनसेलको सेयर खरिद बिक्री प्रकरणमा छलफल गर्ने निर्णय गरेको छ ।  शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको हो । 

    शुक्रबार नै प्रधानमन्त्रीलाई पत्र पठाइने र त्यसपछि प्रधानमन्त्रीको समय लिएर छलफलको मिति तय गर्ने जनाइएको छ । समितिको बैठकमा सांसदहरुले एनसेलको सेयर खरिद बिक्रीको विषयमा शंकास्पद रहेको धारणा राखेका थिए ।

    यसअघि संसदको अर्थ र लेखा समितिले पनि एनसेल प्रकरणबारे चासो राख्दै आवश्यक निर्णय गरेको थियो । बुधबार बसेको संसदको सार्वजनिक लेखा समितिले विवादित बनेको एनसेलको सेयर खरिद बिक्री तत्काल रोक्न निर्देशन दिएको थियो ।

    यस सम्बन्धमा समितिले प्रधानमन्त्री प्रचण्डलाई बोलाएर छलफल गर्ने निर्णय समेत गरेको थियो । एनसेल सेयर विक्री प्रकरणमा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई पूर्व जानकारी गराउनुपर्नेमा प्रारम्भमा जानकारी नगराई अहिले आएर जानकारी गराउँछु भनेकाले पनि कानुनी व्यवस्थाको परिपालना नगरिएको ठहर समितिको छ ।

    यस्तै अर्थ समितिले एनसेलको सेयर बिक्री प्रकरणबारे १५ दिनभित्र विस्तृत जानकारी दिन निर्देशन दिएको छ ।


    images
    images

    Logo