images
images

२५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक 


  • 430
    SHARES
  • २०८० मंसिर २१ गते बिहीबार

    २५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक 

    काठमाडौं । नेपाल राष्ट्र बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न भोलि बिहीबार फेरि २५ अर्ब रुपैयाँ तान्ने भएको छ। बुधबार र बिहीबार लगातार दुई दिन निक्षेप संकलन उपकरण मार्फत ३५ अर्ब रुपैयाँ तरलता खिचिसकेको केन्द्रीय बैंकले शुक्रबार पनि थप २५ अर्ब तरलता खिच्ने भएको हो ।

    यो निक्षेप संकलन उपकरणको बोलकबोल भोलि दिउँसो २ बजे गरिनेछ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। १४ दिने यो निक्षेप संकलन उपकरणको पुस ६ गते साँवा तथा ब्याज भुक्तानी गरिनेछ।

    राष्ट्र बैंकले आज बिहीबार पनि १४ दिने निक्षेप संकलन उपकरण प्रयोग गरी बैंकिङ प्रणालीबाट आज बुधबार फेरि २५ अर्ब रुपैयाँ तान्नेको छ। यसअघि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरी मंसिर २० गते १० अर्ब रुपैयाँ, मंसिर १७ गते १० अर्ब रुपैयाँ, मंसिर १४ गते १५ अर्ब रुपैयाँ, मंसिर १२ गते १० अर्ब रुपैयाँ र मंसिर ६ गते १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तानेको थियो।

     


    images
    images

    Logo