काठमाडौं । चीनबाट ल्याइएका ५६ कार्टुन मूर्तिमा सुन रहेको आशंका भएपछि भन्सार विभागले अनुसन्धान गरिरहेको छ । करिब दुई हप्ताअघि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको उक्त मूर्ति आज परीक्षण गर्न लागिएको हो ।
भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले दुई हप्ताअघि नै उक्त शंकास्पद मूर्ति बरामद गरिएको जानकारी दिए । हाल यसको ल्याबमा अनुसन्धान भइरहेको उनको भनाइ छ ।
भन्सार कार्यालयका अनुसार जाँचको क्रममा एक्सरे गर्दा मूर्तिमा सुनको लेपन लगाइएको आशंका गरिएको थियो । सोसँगै विभागले आफ्नो ल्याबमा परीक्षण गरिरहेको खड्काको भनाइ छ ।