images
images

उच्च अदालतको आदशको ६ दिन पछि छुटे नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी 


  • 639
    SHARES
  • २०८० मंसिर २१ गते बिहीबार

    उच्च अदालतको आदशको ६ दिन पछि छुटे नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी 

    काठमाडौं । उच्च अदालतको आदशको ६ दिन पछि नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ६ जना कारागारवाट सिहा भएका छन् ।  उच्च अदालत पाटनले तोकेको धरौटी बुझाउने ५ जना र साधारण ताखेरमा छाड्न आदेश भएका आशिष बुढाथोकी छुटेका हुन् । 

    धरौटी तिरेर रिहा हुनेमा शमशेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन, रामशरण केसी र सन्दीप रायमाझी छन् । सन्दीप रायमाझी पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन् । शरणार्थी प्रकरणमा टोपबहादुर थुनामै छन् ।

    उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले मङ्सिर १५ मा सन्दीप सहितका ६ जनालाई धरौटीमा छाड्न आदेश गरेको थियो । धरौटीमा छाड्न आदेश भएका भुटानी शरणार्थी टेकनाथ रिजालचाहिँ थुनामै छन् । उनले भने धरौटी बुझाएका छैनन् । अदालतले १५ लाख धरौटी लिएर रिहा गर्न आदेश गरेको थियो ।

    धरौटी रकम बुझाएका ५ जनालाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अभियुक्तहरूसँग धरौटी लिएर छाड्ने निर्णय गरेको हो ।

     

     


    images
    images

    Logo