काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणले बुधबार १६ फर्ममाथि अनुगमन गरेको छ । बुधबार बजार अनुगमनको क्रममा विभागले खाद्य वस्तु पसल, किराना पसल, भाँडाकुडा पसल, रेडिमेड तथा थान कपडालाई जरिवाना गरेको हो ।
विभागको संयुक्त अनुगमन टोलीले बिल बिजक, दर्ता प्रमाण–पत्र राख्नु पर्ने नराखेको र दर्ता प्रमाण पत्र नराखेको गुणस्तर, परिमाण, मुल्य, नापतौलमा हेरफेर गरेको र अनुगमनको क्रममा असहयोग गरेको अभियोगमा सम्बन्धित पसलबाट यो परिमाणमा आर्थिक जरिवाना गरेको हो ।
सोमबार विभागले १६ वटा व्यापारिक प्रतिष्ठानमा अनुगमन गरिएको थियो । यसमध्ये कैफियत भेटिएको ४ व्यापारिक प्रतिष्ठानलाई ३० हजार रुपैयाँ जरिवाना तिराएको छ भने अन्यलाई सुधार गर्न निर्देशन दिइएको छ ।
विभागले भक्तपुरमा रहेको भाँडाकुडा पसल र कलंकीमा रहेको रेडिमेड तथा थान कपडा पसलाई १०/१० हजार रुपैयाँ जरिवाना गरेको छ । त्यस्तै, बारुदखाना चोकमा रहेको खाद्य वस्तु पसललाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ भने भक्तपुरमा रहेको किराना पसललाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
नियमित अनुगमनका क्रममा विभागले विभिन्न पसललाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ भने कतिपयलाई सामान्य निर्देशन दिएको छ ।



