images
images

एनसेलबारे अध्ययन गर्न सरकारद्वारा ५ सदस्यीय उच्च स्तरीय समिति गठन 


  • 245
    SHARES
  • २०८० मंसिर २१ गते बिहीबार

    एनसेलबारे अध्ययन गर्न सरकारद्वारा ५ सदस्यीय उच्च स्तरीय समिति गठन 

    काठमाडौं । सरकारले एनसेलको सेयर खरिदबिक्रीका सम्बन्धमा अध्ययन गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । 

    शर्माका अनुसार पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । समितिका अन्य सदस्यहरूमा नेपाल सरकारका सचिव फणीन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहेका छन् । 

    समितिलाई ३० दिनको कार्यवधि दिइएको पनि मन्त्री शर्माले बताइन् । 


    images
    images

    Logo