images
images

निगमको जहाज किन्न भारत सहित ३ देशका कम्पनी इच्छुक


  • 521
    SHARES
  • २०८० मंसिर २० गते बुधबार

    निगमको जहाज किन्न भारत सहित ३ देशका कम्पनी इच्छुक

    काठमाडौं । नेपाल वायुसेवा निगमले तीनवटा जहाज खरिद गर्न आह्वान गरेको टेन्डरमा भारतसहित तीनवटा कम्पनीको आवेदन परेको छ । भारतको कम्पनी एओरोनोटिकल लिमिटेड, क्यानडाको डी हाविल्याण्ड र चेक रिपब्लिकाको एयरक्राफ्ट इन्ड्रस्ट्रिजले निगमको जहाज खरिद प्रक्रियामा भाग लिन टेन्डर हालेका हुन् । 

    निगमले गत २२ अक्टोबर, २०२३ अर्थात् गत कात्तिक ५ गते ४५ दिने सार्वजनिक सूचना जारी गर्दै तीनवटा जहाज खरिदको अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको थियो । डिसेम्बर ५, २०२३ दरखास्त अन्तिम मिति रहेकोमा अन्तिम समयमा तीनवटा कम्पनीले टेन्डर हालेका छन् । 


    images
    images

    Logo