images
images

टेलियाले कर तिर्न दिएको पैसा अपचलन गरेकोे भन्दै आजियाटाविरुद्ध मुद्दा दायर


  • 347
    SHARES
  • २०८० मंसिर २० गते बुधबार

    टेलियाले कर तिर्न दिएको पैसा अपचलन गरेकोे भन्दै आजियाटाविरुद्ध मुद्दा दायर

    काठमाडौं । टेलियाले कर तिर्न दिएको पैसा अपचलन गरेकोे भन्दै आजियाटाविरुद्ध मुद्दा दायर गरिएको छ । 

    एनसेलको यसअघिको स्विडिश लगानीकर्ता टेलिया सोनेराले नेपालबाट बाहिरिने क्रममा सरकारलाई पुँजीगत लाभकर तिर्न दिएको चार सय मिलियन अमेरिकी डलर बाँडेर लिएको भन्दै गोकुलबहादुर रोकायाले बुधबार एनसेलको पछिल्लो मलेसियन लगानीकर्ता आजियटा लिमिटेड र स्थानीय साझेदार सुनिभेरा क्यापिटल भेन्चरका सञ्चालक तथा व्यवस्थापकहरुविरुद्ध उच्च अदालत पाटनमा विदेशी मुद्रा अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्वन्धी ‘क्रिमिनल केस’ दर्ता गराएका हुन् । 

    मलेसियाको सरकारी स्वामित्वको बहुर्राष्ट्रिय कम्पनी आजियटाले अन्तर्राष्ट्रिय तथा स्थानीय कानुनलाई चुनौति दिँदै कर तिर्ने प्रयोजनका लागि टेलियाले खातामा जम्मा गरेको रकम नेपालमा नल्याई आपसमा मिलेर सिंगापुरमा नै बाँडफाँट गर्नु विदेशी मुद्राको अपचलन र सम्पत्ति शुद्धीकरणविरुद्धको कार्य भएको बताउँदै रोकायाले उक्त मुद्दा दर्ता गरेका हुन् । 


    images
    images

    Logo