काठमाडौं । नेपाल राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । १४ दिन अवधिका लागि सार्वजनिक बोलकबोल (प्रतिस्पर्धात्मक प्रणाली) मार्फत बैंकले २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको हो ।
बुधबार एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकले दरखास्त आह्वान गरेको छ । इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य संस्था तथा सर्वसाधारण नागरिकले २०८० मंसिर २१ गते दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले प्रस्तावित ब्याजदर सहित घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म आवेदन दिन सक्नेछन् । निक्षेपको साँवा ब्याज भुक्तानी २०८० पुस ५ गते हुनेछ ।