images
images

व्यवसायीद्वारा आलुप्याजको बिक्री बन्द


  • 337
    SHARES
  • २०८० मंसिर २० गते बुधबार

    व्यवसायीद्वारा आलुप्याजको बिक्री बन्द

    काठमाडौं । सरकारले भ्याट लगाएर दुःख दिएको भन्दै व्यवसायीहरुले आलु र प्याजको व्यापारमा हड्ताल गरेका छन् । व्यवसायीहरुको हड्तालका कारण बजारमा प्याज र आलुको हाहाकार हुन सक्ने जोखिम बढेको छ ।

    बजेटमा घोषणा हुँदा आयातीत आलु र प्याजमा मात्रै भ्याट लाग्ने भनिए पनि अहिले आएर स्थानीय किसानसँग खरिद गरेको वस्तुको कारोबारमा समेत भ्याट जोडेर दुःख दिइएको व्यवसायीहरुको आरोप छ ।

    उनीहरूले सरकारको यस कदमप्रति असन्तुष्टि जनाउँदै हडताल समेत गरेका छन् । जसको कारण पछिल्ला दुई, तीनदेखि बजारमा आलु र प्याज नआएको कालीमाटी तरकारी तथा फलफूल विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिएका छन् ।

    उनका अनुसार कालीमाटी तरकारी बजारमा दुई तीन दिनदेखि आलु र प्याज आएको छैन जसको कारण आलु र प्याजका स्टलहरू खाली हुन थालेका छन् ।

    सरकारले स्थानीय स्तरमा उत्पादन भएका आलु र प्याजमा पनि भ्याट लगाउँदा रिसाएका व्यवसायीहरूले बजारमा सो उपभोग्य वस्तु दिन छाडेका छन् । जसको कारण बजारमा आलु र प्याजको हाहाकार हुने जोखिम बढेर आएको छ ।

    भ्याटका कारण कारोबार गर्नै नसक्ने अवस्था आएपछि आलु र प्याजको कारोबार बन्द गर्नु परेको आलु प्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेलको भनाई छ । ‘हामीले कारोबार रोकेका होइनौँ केही समयका लागि व्यापार बन्द गरेका हौँ,’ उनले भने ‘आयातित वस्तुमा मात्र नभएर आन्तरिक उत्पादनमै पनि सरकारले भ्याट जोड्न थालेको कारण हामी कारोबार नगर्ने भएका हौँ ।’


    images
    images

    Logo