images
images

विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा १ जनाको मृत्यु, ४ जना घाइते


  • 290
    SHARES
  • २०८० मंसिर २० गते बुधबार

    विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा १ जनाको मृत्यु, ४ जना घाइते

    काठमाडौं । विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा कर्कटपाताको छानो भएको कवाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा १ जनाको मृत्यु भएको हो । ४ जना घाइते भएका छन् ।

    दिउँसो २ः१५ बजेतिर आगलागी सुरु भएको प्रहरीले जनाएको छ । आगलागीमा परेर ५ जना घाइते भएका थिए । घाइतेमध्ये १ जनाको उपचारका क्रममा विराटनगरकै न्युरो अस्पतालमा मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।

    प्रहरीका अनुसार घाइते चारमध्ये दुई जनाको अवस्था गम्भीर छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । 


    images
    images

    Logo